कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार « Khabarhub

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कुवेत– कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ‘म्यानचेस्टरका लागि गल्फ एयरको उडान अन्ततः सोमबार बिहान ४ः३४ बजे भारतीय यात्रुहरूसहित प्रस्थान गरेको जनाइएको छ ।’

प्राविधिक समस्याका कारण गल्फ एयरको उडानलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएपछि आइतबार भारतीय यात्रु १३ घण्टाभन्दा बढी समय कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका थिए ।

मुम्बईबाट म्यानचेस्टरका लागि गल्फ एयरको उडानमा यात्रा गरिरहेका यात्रुहरूले लामो पर्खाइको समयमा खाना, आवास वा आधारभूत सहायता नपाएको गुनासो गरेका छन् ।

यद्यपि, भारतीय दूतावासले ‘लाउन्ज’मा फसेका यात्रुहरूका लागि खाना र पानी उपलब्ध गराएको जनाएको छ भने दूतावासका अधिकारीहरूले यात्रुहरूलाई दुईवटा विमानस्थलको लाउन्जमा राखिएको बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्