अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत « Khabarhub

अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।

जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् । उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सार्वाधिक रन बनाउने पनि उनै हुन् ।

त्यस्तै अर्का ओपनरले पनि उत्कृष्ट सुरुवात गरेका थिए । २ छक्का २ चौकाको मद्दतमा उनले २९ बलमा ३६ रन जोडे । देव खनालले उनलाई मौसम ढकाल मार्फत क्याच आउट गराए ।

लाहिरू मिलन्थाले टिमको जितका लागि २४ रनको जोडे । १३ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे । जेम्स नीशमले अविजित १६ रन जोडे । ८ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीका लागि जिशान मकसूदले १ विकेट लिए ।

यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजीत गरेको थियो ।

यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको थियो ।

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जुन घर्ती र सोमपाल कामीले उकासेका हुन् । कर्णालीका अनुभवी र महँगा ब्याटर ओपरन शिखर धवन १४ बलमा १४ रन जोडेर पवेलियन फर्किए । ३ चौका प्रहार गरेका उनलाई जनकपुरका हर्श थाकरले बोल्ड गरे ।

अर्का ओपनर देव खनाल पनि ललित राजवंशीको बलमा बोल्ड भए । ५ बल खर्चेर उनले १ रन मात्रै जोडे । बाबर हायतले २५ बल खर्चेर १२ रन जोडे । उनले चौका र छक्का प्रहार गर्न सकेनन् ।

१३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा पुगेको कर्णालीलाई गुलशन झा, अर्जुन घर्ती र सोमपाल कामीले उकासे । गुलशनले ३ छक्का र १ चौका प्रहार गरे । उनी पनि २७ बलमा ३६ रन जोडेर किशोर महतोको बलमा बोल्ड भए ।

२ चौका र २ छक्काको सहयोगमा अर्जुनले ३३ रन जोडे । २२ बल खेलेका उनी रन आउट भए । सोमपालले १३ बलमा २९ रन जोडे । उनले १ छक्का र ३ चौका हिर्काए ।

जनकपुरका लागि मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । जेम्स निशम, किशोर महतो, ललित राजवंशी र हर्श थाकर समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ०४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक