जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद « Khabarhub

जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट बुधबार बिहान जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ घर भई कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुङ्गाना पनि छन् । प्रहरीले उनीहरूको साथबाट नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ ।

त्यसैगरी, मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीबाट बुधबार साँझ कौडा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कानेपोखरी गाउँपालिका–२ का ५१ वर्षीय खमानसिङ लिम्बुसहित चार जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै घटनामा बरामद नगद एक लाख सात हजार १३५ रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : ३४ बजे

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि

रास्वपाभित्रको विवादले मुलुकमा अस्थिरता बढाएको छ : वर्षमान पुन 

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी

धान भित्र्याएपछि आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि खेतमा आलु

जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

काठमाडौँ- काठमाडौँ र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा