राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान « Khabarhub

राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

उनले विगतका त्रुटि कमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगले बलियो वैचारिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।

एकताको पूर्वसर्त आत्मीयता भएकाले विगतमा भएका कमजोरीलाई दोहोर्‍याएर एकता हुन नसक्ने उनको भनाइ छ ।

राष्ट्रवादी भन्ने दलहरुले आत्मसमीक्षा गर्नुपर्ने थापाले बताए। उनले कांग्रेस–एमालेविरुद्ध जनता उत्रिएको देखिए पनि उनीहरुकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे ।

थापाले रवि लामिछानेको गिरफ्तारी प्रकरणतर्फ संकेत गर्दै विभिन्न प्रकरणमा अनुसन्धान लम्ब्याउने  काम भएको र प्रहरीले पक्राउ गरेकाहरुलाई मानसिक तनाव दिने काम भएको आरोपसमेत लगाए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ४५ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत