कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै « Khabarhub

कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा गत असोज तेस्रो सातादेखि निर्माण थालिएको पक्की पुलले गति लिएको छ । दसैँ र तिहारको बिदाका बेला समेत पुलको काम निरन्तर सञ्चालन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण अगाडि बढेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।

उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको छ । कूल ७४. २० मिटर लम्बाइ रहेको पुल विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ ।

वडा सदस्य दयाराम श्रेष्ठले भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण भइरहेको बताए ।

कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन् । पुल निर्माणपश्चात् यस ठाउँका सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ०६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित