पाकिस्तानमा साम्प्रदायिक झडप : १३३ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा साम्प्रदायिक झडप : १३३ जनाको मृत्यु


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले जनाएको छ ।

विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबीच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठूलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।

नोभेम्बर २१ देखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने तथा हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ ।

बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग–अलग सवारी साधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडकहरू बन्द भएका छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन् ।

प्रान्तीय राजधानी पेशावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीहरूले युद्धविराम प्रयास गरिरहेको बताएका छन् ।

पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ४३ बजे

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको

मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर