स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा « Khabarhub

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएक छन् ।

हेटौँडा उपमहानगरपलिका–१२ को चुनावी विजयीसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

वडा र पालिकाका योजनाको कार्यान्वयन गर्न आपसी छलफलका माध्यमबाट अघि बढ्ने बताउँदै उनले संविधानमा भएको प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारलाई कार्यान्यवन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

योजना कार्यान्वयका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानुन स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानुन बनाउन प्रदेश सरकार जोड दिएको बताए।

विजयीसभामा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नवनिर्वाचित अर्जुनप्रसाद तिवारीले उपनिर्वाचनका क्रममा जनतासँग आफूले गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर विजय गराउने मतदाताप्रति आभारसमेत व्यक्त गरे ।

उपनिर्वाचनमा दुई हजार ६३ मत ल्याएर नेपाली कांग्रेसका उम्मेवार तिवारी वडाअध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे ।

गत २०७९ को स्थानीय तह निर्वाचनमा सो वडाको वडाअध्यक्षमा निर्वाचित माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि रिक्त वडाअध्यक्ष पदका लागि हिजो उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५९ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी