कञ्चनजङ्गा गोल्डकप : भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश « Khabarhub

कञ्चनजङ्गा गोल्डकप : भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरको हो ।

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्गा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

भानुजन मावि अम्बिटारको मैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गरे । मध्यान्तर अघि तामाङको गोलबाट अग्रता बनाएको गोधुलीका लागि मध्यान्तरपछि मिलन राईले दोस्रो गोल थप्दै टिमको जित सुनिश्चित गरे ।

दोर्जे तामाङ यसअघि दोस्रो ताप्लेजुङ गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेको आयोजकले जनाएको छ । प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमीफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका क्वाटरफाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन। मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच पहिलो चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ४० बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।