मिर्चैया घटनाबारे छानबिन समिति गठन | Khabarhub Khabarhub

मिर्चैया घटनाबारे छानबिन समिति गठन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह रहेको छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।

मृतकका आफन्त तथा स्थानीयले नगरपालिका र नाला निर्माण व्यवसायी कम्पनीको लापर्बाहीका कारण उनको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको स्थानीयवासीको भनाइ छ ।

मिर्चैया नगरपालिकाले भने नाला निर्माण योजना सङ्घीय सरकारको भएको जनाएको छ । नगरपालिकाले सामबार विज्ञप्ति जारी गर्दै उक्त योजना सङ्घीय सरकारको भएको जनाएको छ ।

मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजका कार्यालय प्रमुख उदय चौधरीको भनाइ छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : २७ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल