मिर्चैया घटनाबारे छानबिन समिति गठन | Khabarhub Khabarhub

मिर्चैया घटनाबारे छानबिन समिति गठन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह रहेको छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।

मृतकका आफन्त तथा स्थानीयले नगरपालिका र नाला निर्माण व्यवसायी कम्पनीको लापर्बाहीका कारण उनको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको स्थानीयवासीको भनाइ छ ।

मिर्चैया नगरपालिकाले भने नाला निर्माण योजना सङ्घीय सरकारको भएको जनाएको छ । नगरपालिकाले सामबार विज्ञप्ति जारी गर्दै उक्त योजना सङ्घीय सरकारको भएको जनाएको छ ।

मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजका कार्यालय प्रमुख उदय चौधरीको भनाइ छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : २७ बजे

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

उदयपुर– चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या

गाजा– हमास र इजरायल बिचको युद्ध भोलीबाट समाप्त हुँदै छ

लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्षसमेत रहेका पर्सा जिल्ला

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ

यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित 

काठमाडौं– मलेसियामा जारी १९ वर्ष मुनीको आईसीसी महिला टि–ट्वान्टी विश्वकप