सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ? | Khabarhub Khabarhub

सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ?


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले सुतेको समयमा सपना देख्ने गरेका छौँ । कुनै सपना रमाइलो र रोचक हुने गर्छ भने कुनै डरलाग्दो पनि हुने गर्दछ ।

कतिपय सपना बिउँझदा स्मरणमा रहँदैन भने कतिपय सपना केही दिनसम्म सम्झना दिइरहन्छ ।

वास्तुशास्त्र अनुसार दैनिक जीवनमा हामीले देख्ने कतिपय सपनालाई शभ मानिन्छ भने कतिपयलाई अशुभ मानिन्छ ।

कतिपय सपनामा देखिएका कुरा विपनामा मिल्छ भने कतिपय विपरीत तथा असम्भव कुराहरू पनि देखिन्छ ।

आज हामी यस्तै सपनामध्ये आफ्नै विवाह भएको सपनाका बारेमा चर्चा गर्नेछौँ ।

ज्योतिषशास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देखियो भने त्यस्तो सपनालाई शुभ सङ्केत मानिँदैन । यस्तो सपना देख्दा व्यक्तिका काममा कुनै बाधा आउन सक्ने सङ्केत मिल्दछ ।

कोही महिलाको विवाह हुँदै गरेको देख्यो भने त्यसलाई शुभ सङ्केत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे जीवनमा छिट्टै खुसी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देखियो भने त्यसलाई अशुभ मानिन्छ ।

कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देखेमा भने उसको विवाह छिट्टै हुन् सक्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने सङ्केत बुझिन्छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : ४७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई