सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, अपराह्न एमालेसँग छलफल हुने | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, अपराह्न एमालेसँग छलफल हुने


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच दिउँसो ३ बजे छलफल हुने बताइएको छ । 

माओवादी निकट स्रोतका अनुसार दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

मंगलबार बेलुका र बुधबार बिहान पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लानुपर्ने बताइरहेका छन् ।

सत्ता गठबन्धनमा पनि कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन। माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ। एमालेसँगको संवादपश्चात उनीहरुले दलहरुबीच भागबण्डा गर्ने तयारी छ।

एमालेले नेताहरु भने गठबन्धनभित्रै भागबन्डाको विवाद चलिरहेको छ । यसको फाइदा एमालेले उठाउँन लागेको छ ।

यो पनि हेनुहोस्….

राष्ट्रियसभाका १९ सिट गठबन्धनलाई गलपासो

राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ३७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले