शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल « Khabarhub

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखे ।

मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समायानुकुल बनाउनुपर्ने उनले बताए । उनले विद्यालयमा स्रोत जुटाउनका लागि कानूनमै व्यवस्था हुनुपर्ने सुझाव दिए । तुलाधरले शिक्षकलाई कारवाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह पूर्वाग्रह देखिन सक्ने बताए ।

शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्नसकेन भने शिक्षकहरू नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने उनको भनाइ छ । 

समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगाएसँग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ । प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफावार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : १४ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता