शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल « Khabarhub

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखे ।

मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समायानुकुल बनाउनुपर्ने उनले बताए । उनले विद्यालयमा स्रोत जुटाउनका लागि कानूनमै व्यवस्था हुनुपर्ने सुझाव दिए । तुलाधरले शिक्षकलाई कारवाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह पूर्वाग्रह देखिन सक्ने बताए ।

शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्नसकेन भने शिक्षकहरू नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने उनको भनाइ छ । 

समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगाएसँग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ । प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफावार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : १४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली