राष्ट्रियसभा निर्वाचन : गठबन्धनमा असन्तुष्टि, सरकार छाड्ने साना दलको चेतावनी | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : गठबन्धनमा असन्तुष्टि, सरकार छाड्ने साना दलको चेतावनी


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहमतिको नाममा राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई समेट्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन ।

राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन ।

जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन । उनीहरूले पछिल्लो समय गठबन्धन बैठकमा पनि आफूहरूलाई बोलाउन छोडेको भन्दै आक्रोश पोखेका छन ।

गठबन्धनको एक घटक जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई गठबन्धनको बैठकमा नबोलाएको प्रति गुनासो गर्दै भने, ‘मधेसको मान्छेलाई कहाँ सत्तामा अवसर दिइन्छ र सबै ठुला र पुराना नेताले मात्र हक जमाएका छन् ।’ उनले बैठकको बारेमा कुनै जानकारी नभएको भन्दै थपे, ‘गठबन्धनमा भएपछि हरेक कुरामा छलफल हुने पर्ने हो तर हामीलाई त निर्णय भएपछि मात्र जानकारी गराइन्छ ।’

जसपाका एक नेताका अनुसार राष्ट्रियसभा निर्वाचनमार्फत एमाले र माओवादीले झेल गर्न खोजेको बताए । उनले भने, ‘यो म एमाले र माओवादीले झेल गर्न खोजेको देखियो । हामी मुसा होइन । एमालेलाई सिट दिएर राष्ट्रियसभामा जानु राष्ट्रियसभा निर्वाचन नै नहुनु हो । यस्तो सहमति हामीलाई मान्य छैन । लोकतन्त्रमा निर्वाचन हुनुपर्छ । एमालेसँग मिल्ने भए किन यो गठबन्धन चाहियो ?’

यस्तै नेकपा एकीकृत समाजवादी पनि एमालेसँग मिलेर राष्ट्रियसभा निर्वाचनमा जाने भए आफूहरू गठबन्धनमा नरहन सक्ने चेतावनी दिएको छ ।

कांग्रेसको इतर पक्ष नै असन्तुष्ट

साना दल मात्र होइन सत्तारुढ दलको मुख्य घटक नेपाली कांग्रेसको शेखर–गगन समूह पनि राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडानमा छ ।

शेखर-गगन समूहका एक नेताले खबरहबलाई भने, ‘प्रतिपक्षी बिनाको सरकारको औचित्य हुँदैन । की कांग्रेस एमाले मिल्नुपर्‍यो कि त यही गठबन्धन कायम हुनुपर्छ ।’ तर, कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने कुरामा सकारात्मक देखिएका छन ।

मंगलबार बेलुका र बुधवार बिहान प्रधानमन्त्री प्रचण्डले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग राष्ट्रियसभा निर्वाचनबारेमा  छलफल गरेका थिए । त्यो छलफलमा एमालेले आफूले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगो लगाउन साथ दिनुपरे एमालेलाई पनि राष्ट्रियसभा निर्वाचनमा  समेटेर लानुपर्ने अडान राखेका थिए ।

माओवादी सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन भएपनि एमालेलाई राष्ट्रियसभामा समेटनुपर्ने पक्षमा छ । माओवादी महासचिव देव गुरुङ सर्वसहमतीको सरकार आजको आवश्यकता भएको बताउँछन् ।

गठबन्धनको घटक नागरिक उन्मुक्ति पार्टी पनि एमालेलाई समेटेर लानुपर्ने पक्षमा देखिएको छ । तर उसले आफुलाई राष्ट्रियसभामा एक सिट हुनैपर्ने बताउँदै आएको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राष्ट्रियसभामा एमालेलाई समेटेर लानुपर्ने छलफल स्वाभाविक रहेको तर प्रतिपक्षले सत्ताको लोभ गर्नु एउटा विडम्बना रहेको तर्क गर्छन् । उनी भन्छन, ‘सरकार बाहिर बसेर दरिलो प्रतिपक्षी हुनुपर्नेमा एमालेलाई राष्ट्रियसभामा सिट चाहिनु आश्चयजनक छ । छलफल मात्र हो भने त स्वाभाविक हो ।’

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ५९ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि