इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु | Khabarhub Khabarhub

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तेहरान- बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो । केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो ।

विस्फोटको  कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । बीबीसीका अनुसार विस्फोटमा १७१ जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उनी बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ३८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले