विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध « Khabarhub

विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन् ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन् । राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो । गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ ।

त्यसयता इजरायलले गाजापट्टीमा जारी राखेको आतङ्कवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : १८ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको