खुलेको मौसम र हिमपात तस्बिरमा « Khabarhub

खुलेको मौसम र हिमपात तस्बिरमा


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार र बिहीबार राजधानीसहित देशका विभिन्न स्थानमा सामान्य वर्षा भएपछि मौसम खुलेको छ। मौसम खुलेपछि हिउँ पर्नेक्रम बढेको छ। हिमपातले हिमाली क्षेत्रको जनजीवन प्रभावितसमेत भएको छ। सफा मौसम, हिमाली क्षेत्रको जनजीवन र हिउँले ढाकिएका हिमालका १२ तस्बिरः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ।
रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र।
हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल।
सल्यान दार्मा गाउँपालिका ५ स्थित जलेखर्कबाट देखिएको बादलको घुम्टो मुनि दार्माकोट गाउँ र आसपासको दृश्य।
रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका–३ खारास्थित नेपाली सेनाको चण्डीदल गण (खारा ब्यारेक) र सिस्ने हिमाल।
रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान।
रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित कुइनेमा भारी हिमपात भएपछि हिउँका कारण सवारीसाधन सञ्चालन गर्न समस्या भएकाले सडकमै रोकेको काठमाडौँबाट आएको यात्रुवाहक रात्रीबस।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने हिउँले ढाकिएको बाटो भारी बोकेर हिड्दै सर्वसाधारण। हिमपात भएपछि यस क्षेत्रमा आवतजावत गर्न कठिनाई भएको छ।
हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार। सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजार चिनिने गर्छ।
हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल।
मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखुमा रहेको हिउँले जमेको छहरा। मनाङमा अत्याधिक चिसो बढेसँगै झरना, छहरा, ताल(तलैया र खोलानालाको पानी जमेका छन्। तस्बिर : रासस

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा