राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा त्यसो नगरी पार्टीभन्दा माथि उठन नसकेको पनि आरोप लगाए ।

‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङ्गै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुहोस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभावी अधिकारको प्रयोग नगर्नुहोस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाईँ, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुहोस्’, उनले भने ।

राष्ट्रपतिले तनहुँमा कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । पौडेलमा आफू राष्ट्रपति भएको ख्याल नै नभएकोसमेत उनको भनाइ छ ।

ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधानभित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।

पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : २५ बजे

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा