सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु « Khabarhub

सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले सिरिया र इराकमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाले इराक र सिरियामा रहेका इरानको रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का निशानामा आक्रमण गरेको हो । अमेरिकाले आईआरजीसीका ८५ निशानालाई लक्षित गरी आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

केही समयअघि अमेरिकी निशानामा इरान समर्थित लडाकुले गरेको आक्रमणको बदलामा पछिल्लो आक्रमण गरिएको हो । इराकमा सक्रिय इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सले आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टि गरेको छ भने सिरियामा पनि २३ जना मारिएको जनाइएको छ ।

अमेरिकाले लामो दूरीको बी १ बमवर्षक विमानबाट आक्रमण गरेको जनाइएको छ । अमेरिकाले आगामी दिनहरुमा थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ । इजरायल र हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले पछिल्लो आक्रमण गरेको हो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण अमेरिकाको गल्ती भएको टिप्पणी गरेका छन् । यस आक्रमणले क्षेत्रीय तनाव बढाउने र अस्थीरता पैदा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो आक्रमणसँगै इराकले अमेरिकी प्रतिनिधिलाई डाकेर औपचारिक विरोध जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : २३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच