एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि « Khabarhub

एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले हात पारेको छ ।

आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो । उपाधि विजेता एपीएफले नगद रु चार लाख, प्रमाणपत्र र ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद रु दुई लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।

त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद रु एक लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी, त्रिभुवन आर्मी क्लबले स्वान्तवना पुरस्कार रु ५० हजार प्राप्त गरेको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न आठवटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताए ।

“सेमिफाइनलदेखिका चारवटा खेलमा आठ विधामा पुरस्कार प्रदान गरिएको छ”, उनले भने, “प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।”

प्रतियोगिताका उत्कृष्ट सर्भर एपीएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पारेका छन् ।

यसैगरी, उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपीफका विनोद चन्द, बेस्ट प्लेयर एपीफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल भएका छन् ।

प्रतियोगिताको उदयिमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ०३ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको