एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि « Khabarhub

एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले हात पारेको छ ।

आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो । उपाधि विजेता एपीएफले नगद रु चार लाख, प्रमाणपत्र र ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद रु दुई लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।

त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद रु एक लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी, त्रिभुवन आर्मी क्लबले स्वान्तवना पुरस्कार रु ५० हजार प्राप्त गरेको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न आठवटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताए ।

“सेमिफाइनलदेखिका चारवटा खेलमा आठ विधामा पुरस्कार प्रदान गरिएको छ”, उनले भने, “प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।”

प्रतियोगिताका उत्कृष्ट सर्भर एपीएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पारेका छन् ।

यसैगरी, उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपीफका विनोद चन्द, बेस्ट प्लेयर एपीफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल भएका छन् ।

प्रतियोगिताको उदयिमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ०३ बजे

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन,

लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ्ग गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ : लुम्बिनी लायन्सले टस

महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयनका प्राधिकरणका महानिर्देशक

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ– बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश