निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ « Khabarhub

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए ।

आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र खुसी नेपालीको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्छ”, उनले भने ।

गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उनको थियो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवाले निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अगाडि बढ्न जरुरी भएको बताए । निजी क्षेत्रले रु ५५ लाख नेपालीलाई रोजगारी दिएको दाबी पनि उनको थियो ।

महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले प्रशिक्षण दिने छन् । सभामा गण्डकी प्रदेशका ११ जिल्लाका उद्यगी व्यवसायीको सहभागिता छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ५४ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र