आमाबाबुको सम्बन्ध विच्छेदलाई दोष दिनु अपराधको विषयान्तर हो | Khabarhub Khabarhub

आमाबाबुको सम्बन्ध विच्छेदलाई दोष दिनु अपराधको विषयान्तर हो



विवाह गर्ने नगर्ने, बच्चा जन्माउने र नजन्माउने, सम्बन्ध विच्छेद गर्ने र नगर्ने व्यक्तिका वैयक्तिक र निजी विषय हुन् । यी निजी विषयको सम्मान र संरक्षण गर्ने दायित्व राज्य, समाज र हरेक नागरिकको हो ।

पारिवारिक अदालतको अवधारणा यीनै वैयक्तिक विषयको सहि व्यवस्थापनका लागि हो । स्वतन्त्र जीवन बाँच्न पाउनु हरेक व्यक्तिको आधारभूत अधिकार हो । सम्बन्ध विच्छेद कानुनले सुनिश्चित गरेको कानुनी अधिकार पनि हो । अहिलेको समयमा कसैले किन सम्बन्ध विच्छेद गर्‍यो र गर्छ छलफलको विषय हुनु उचित होइन ।

हाम्रो समाजमा लैङ्गिक र सामाजिक नियम यति जब्बर छन् कि विवाह, बच्चा निजी छनौटको विषय बन्न अझै धेरै समय कुर्नुपर्ने देखिन्छ । समाजले तोकिदिएको उमेरमा विवाह भएन भने कति पारिवारिक र सामाजिक दबाब झेल्नु पर्छ सर्वबिदितै छ । विवाहपछिका केहि वर्ष बच्चा नजन्मँदा एउटी महिलाले दबाब झेल्न नसकेको कारण अस्पतालबाट बच्चा चोरी गरेको घटना सेलाएको छैन । छोरा नजन्मिएसम्म छोरी जन्माई रहने र अझ पछिल्लो समयमा त लिङ्ग पहिचान गरेर छोरीको भ्रूण हत्या गर्ने अवस्था कति कहालीलाग्दो छ भनिरहनु पर्दैन ।

पहिलो श्रीमानसँग बस्न नसकेका वा नचाहेका आमाहरूले छोरी साथमै लिएर दोस्रो विवाह गर्दा त्यही श्रीमानबाट छोरीहरू बलात्कृत भएका घटना पनि कम छैनन् समाजमा ।

हाम्रो जीवन जिउने कला भने परम्परागत नै छ । सम्बन्ध विच्छेदलाई हाम्रो समाजमा अझै लडाइँको रूपमा लिइन्छ । सम्बन्ध विच्छेद भएपछि एक अर्कालाई कट्टर दुस्मन मान्ने प्रचलन जस्तै छ । हामीले बहस गर्नुपर्ने विषय सम्बन्ध विच्छेद पछिको सम्बन्ध कसरी मानवीय बनाउने भन्ने हो । बालबच्चा भएकाहरूको लागि यो अझ संवेदनशील विषय हो । 

यी सबै तथ्यहरू नजरअन्दाज गरेर हामी सजिलै भनिदिन्छौ, छोड्नु थियो त बच्चा किन जन्माएको ? अहिले समयको सवाल बच्चा किन जन्माएको भन्ने होइन । आमाबाबु, समाज, परिवार र राज्य हरेकले बालबालिकाको सुरक्षाको सुनिश्चित कसरी गर्ने भन्ने हो । हामी महिलालाई (एक पटक हाम्रा छोरीहरू सम्झिउन् न) घरभित्रै बस, जागिर व्यवसाय नगर, जस्तोसुकै अवस्था सहेर पनि विवाहलाई बचाऊ भन्ने युगबाट अगाडी बढिसक्यौँ । हाम्रा बहसहरू पच्छगामी हुनुहुँदैन ।

परिवर्तनलाई स्विकार गर्ने र नयाँ परिवेशमा सम्बन्ध, जिम्मेवारी, भूमिकालाई कसरी नयाँ र न्यायिक बनाउने तर्फ उन्मुख हुनुपर्छ । नयाँ पुस्ताका सबै जेन्डरको भूमिकामा आएको परिवर्तनले जीवन जिउनका लागि नयाँ सीपको जरुरत बढ्दै छ । पेशा र जीवनको सन्तुलन आधारभूत लाइफ स्कील जस्तै भइसक्यो ।

तर हाम्रो जीवन जिउने कला भने परम्परागत नै छ । सम्बन्ध विच्छेदलाई हाम्रो समाजमा अझै लडाइँको रूपमा लिइन्छ । सम्बन्ध विच्छेद भएपछि एक अर्कालाई कट्टर दुस्मन मान्ने प्रचलन जस्तै छ । हामीले बहस गर्नुपर्ने विषय सम्बन्ध विच्छेद पछिको सम्बन्ध कसरी मानवीय बनाउने भन्ने हो । बालबच्चा भएकाहरूको लागि यो अझ संवेदनशील विषय हो ।

आमाबाबुसँगै हुँदा पनि र सम्बन्ध विच्छेद पछि पनि बालबच्चा आमाबाबु दुवैको समान जिम्मेवारी हो । यो जिम्मेवारीबाट आमाबाबु कुनै पनि सर्तमा पन्छिन मिल्दैन ।

रह्यो कुरा चितवन घटनाको । अनुसन्धानमा रहेको घटनामा आमाबाबुको सम्बन्ध विच्छेदलाई प्रमुख विषय बनाएर बहस गर्नु अपराधको विषयान्तर बाहेक केहि होइन । अपराध जोसुकैबाट भएको होस्, अपराधी उम्कन हुँदैन । सालिन पोख्रेलले जुनसुकै परिस्थितीमा पनि न्याय पाउनु पर्छ ।

  • साबित्रा ढकाल महिला अधिकारकर्मी हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः