आमाबाबुको सम्बन्ध विच्छेदलाई दोष दिनु अपराधको विषयान्तर हो « Khabarhub

आमाबाबुको सम्बन्ध विच्छेदलाई दोष दिनु अपराधको विषयान्तर हो



विवाह गर्ने नगर्ने, बच्चा जन्माउने र नजन्माउने, सम्बन्ध विच्छेद गर्ने र नगर्ने व्यक्तिका वैयक्तिक र निजी विषय हुन् । यी निजी विषयको सम्मान र संरक्षण गर्ने दायित्व राज्य, समाज र हरेक नागरिकको हो ।

पारिवारिक अदालतको अवधारणा यीनै वैयक्तिक विषयको सहि व्यवस्थापनका लागि हो । स्वतन्त्र जीवन बाँच्न पाउनु हरेक व्यक्तिको आधारभूत अधिकार हो । सम्बन्ध विच्छेद कानुनले सुनिश्चित गरेको कानुनी अधिकार पनि हो । अहिलेको समयमा कसैले किन सम्बन्ध विच्छेद गर्‍यो र गर्छ छलफलको विषय हुनु उचित होइन ।

हाम्रो समाजमा लैङ्गिक र सामाजिक नियम यति जब्बर छन् कि विवाह, बच्चा निजी छनौटको विषय बन्न अझै धेरै समय कुर्नुपर्ने देखिन्छ । समाजले तोकिदिएको उमेरमा विवाह भएन भने कति पारिवारिक र सामाजिक दबाब झेल्नु पर्छ सर्वबिदितै छ । विवाहपछिका केहि वर्ष बच्चा नजन्मँदा एउटी महिलाले दबाब झेल्न नसकेको कारण अस्पतालबाट बच्चा चोरी गरेको घटना सेलाएको छैन । छोरा नजन्मिएसम्म छोरी जन्माई रहने र अझ पछिल्लो समयमा त लिङ्ग पहिचान गरेर छोरीको भ्रूण हत्या गर्ने अवस्था कति कहालीलाग्दो छ भनिरहनु पर्दैन ।

पहिलो श्रीमानसँग बस्न नसकेका वा नचाहेका आमाहरूले छोरी साथमै लिएर दोस्रो विवाह गर्दा त्यही श्रीमानबाट छोरीहरू बलात्कृत भएका घटना पनि कम छैनन् समाजमा ।

हाम्रो जीवन जिउने कला भने परम्परागत नै छ । सम्बन्ध विच्छेदलाई हाम्रो समाजमा अझै लडाइँको रूपमा लिइन्छ । सम्बन्ध विच्छेद भएपछि एक अर्कालाई कट्टर दुस्मन मान्ने प्रचलन जस्तै छ । हामीले बहस गर्नुपर्ने विषय सम्बन्ध विच्छेद पछिको सम्बन्ध कसरी मानवीय बनाउने भन्ने हो । बालबच्चा भएकाहरूको लागि यो अझ संवेदनशील विषय हो । 

यी सबै तथ्यहरू नजरअन्दाज गरेर हामी सजिलै भनिदिन्छौ, छोड्नु थियो त बच्चा किन जन्माएको ? अहिले समयको सवाल बच्चा किन जन्माएको भन्ने होइन । आमाबाबु, समाज, परिवार र राज्य हरेकले बालबालिकाको सुरक्षाको सुनिश्चित कसरी गर्ने भन्ने हो । हामी महिलालाई (एक पटक हाम्रा छोरीहरू सम्झिउन् न) घरभित्रै बस, जागिर व्यवसाय नगर, जस्तोसुकै अवस्था सहेर पनि विवाहलाई बचाऊ भन्ने युगबाट अगाडी बढिसक्यौँ । हाम्रा बहसहरू पच्छगामी हुनुहुँदैन ।

परिवर्तनलाई स्विकार गर्ने र नयाँ परिवेशमा सम्बन्ध, जिम्मेवारी, भूमिकालाई कसरी नयाँ र न्यायिक बनाउने तर्फ उन्मुख हुनुपर्छ । नयाँ पुस्ताका सबै जेन्डरको भूमिकामा आएको परिवर्तनले जीवन जिउनका लागि नयाँ सीपको जरुरत बढ्दै छ । पेशा र जीवनको सन्तुलन आधारभूत लाइफ स्कील जस्तै भइसक्यो ।

तर हाम्रो जीवन जिउने कला भने परम्परागत नै छ । सम्बन्ध विच्छेदलाई हाम्रो समाजमा अझै लडाइँको रूपमा लिइन्छ । सम्बन्ध विच्छेद भएपछि एक अर्कालाई कट्टर दुस्मन मान्ने प्रचलन जस्तै छ । हामीले बहस गर्नुपर्ने विषय सम्बन्ध विच्छेद पछिको सम्बन्ध कसरी मानवीय बनाउने भन्ने हो । बालबच्चा भएकाहरूको लागि यो अझ संवेदनशील विषय हो ।

आमाबाबुसँगै हुँदा पनि र सम्बन्ध विच्छेद पछि पनि बालबच्चा आमाबाबु दुवैको समान जिम्मेवारी हो । यो जिम्मेवारीबाट आमाबाबु कुनै पनि सर्तमा पन्छिन मिल्दैन ।

रह्यो कुरा चितवन घटनाको । अनुसन्धानमा रहेको घटनामा आमाबाबुको सम्बन्ध विच्छेदलाई प्रमुख विषय बनाएर बहस गर्नु अपराधको विषयान्तर बाहेक केहि होइन । अपराध जोसुकैबाट भएको होस्, अपराधी उम्कन हुँदैन । सालिन पोख्रेलले जुनसुकै परिस्थितीमा पनि न्याय पाउनु पर्छ ।

  • साबित्रा ढकाल महिला अधिकारकर्मी हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १९ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा