ऊर्जा मन्त्रीसँग एमसिसीका उपाध्यक्षको भेट « Khabarhub

ऊर्जा मन्त्रीसँग एमसिसीका उपाध्यक्षको भेट


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन्।

मन्त्री बस्नेतले आज साँझ आफ्नै कार्यकक्षमा एमसिसीको ‘कम्प्याक्ट अपरेसन’का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई उक्त जानकारी दिएका हुन् । आफूसँग भेट गर्न आएका उपाध्यक्षलाई उनले एमसिसीको सहयोगमा अगाडि बढाइएका प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रियाका बारेमा भएका प्रगतिबारे जानकारी दिएका थिए । उनले प्रसारण लाइन निर्माण तथा सडक पूर्वाधार निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहयोग भइरहेको बताए ।

नायब उपाध्यक्ष ब्रुक्सले एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनाका समग्र पक्षबारे बताउँदै तिनको कार्यान्वयन गरिने जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलगायत विषयमा छलफल गर्न नायब उपाध्यक्ष बु्रक्स नेपाल भ्रमणमा आएका हुन् । उनको भ्रमणले नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

एमसिसीको सहयोगमा कूल तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । त्यसनिम्ति लप्सीफेदी–रातमाटे–हेटौँडासम्मको एक सय १७ किलोमिटर, रातमाटेदेखि दमौलीसम्मको ९० किलोमिटर र दमौलीदेखि बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

यस्तै, बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर बराबरको प्रसारण लाइन पनि निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअघिको बोलपत्र प्रक्रिया रद्द भएसँगै नयाँ बोलपत्रको प्रक्रिया सुरु गर्न लागिएको छ ।

नेपाल सरकार र एमसिसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको थियो । सो परियोजनाका लागि एमसिसीले ५० करोड अमेकिरी डलर अनुदान उपलब्ध गराउनेछ । आयोजनामा नेपाल सरकारले १९ दशमलव सात करोड अमेरिकी डलर लगानी गर्नेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : २८ बजे

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क