आईपिएल : आरसिबीविरुद्ध लखनउको शानदार जित | Khabarhub Khabarhub

आईपिएल : आरसिबीविरुद्ध लखनउको शानदार जित


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले शानदार जित निकालेको छ। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)माथि लखनउले २८ रनको जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो। एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।

लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे।

आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १-१ विकेट हात पारे।

१८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे। रजत पाटीदार २९, विराट कोहली २२, कप्तान फाफ डु प्लेसिस १९, अनुज रावतले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९.४ बलमा अलआउट भयो।

आरसिबीको ब्याटिङ लाइन कमजोर बनाउन लखनउका मयंक यादवले ३ र नवीन उल हकले २ विकेट लिए। मणिमारन सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले १-१ विकेट हात पारे।

यो जितसँगै लखनउले तीन खेल खेल्दै चार अंक जोडेको छ। आरसिबी भने चार खेलमा दुई अंक मात्र जोड्न सफल भएको छ। आरसिबीले तीन खेल गुमाउँदा एउटा मात्र जितेको छ।


आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ : ४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : १० बजे

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल

अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी मुद्दामा

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं– द्वन्दपीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति

अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण जेठ २० गते, ७५ औँ आरोहण दिवसको अवसरमा हुने

पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथन–२०८२ को

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका