आईपिएल : आरसिबीविरुद्ध लखनउको शानदार जित « Khabarhub

आईपिएल : आरसिबीविरुद्ध लखनउको शानदार जित


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले शानदार जित निकालेको छ। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)माथि लखनउले २८ रनको जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो। एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।

लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे।

आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १-१ विकेट हात पारे।

१८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे। रजत पाटीदार २९, विराट कोहली २२, कप्तान फाफ डु प्लेसिस १९, अनुज रावतले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९.४ बलमा अलआउट भयो।

आरसिबीको ब्याटिङ लाइन कमजोर बनाउन लखनउका मयंक यादवले ३ र नवीन उल हकले २ विकेट लिए। मणिमारन सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले १-१ विकेट हात पारे।

यो जितसँगै लखनउले तीन खेल खेल्दै चार अंक जोडेको छ। आरसिबी भने चार खेलमा दुई अंक मात्र जोड्न सफल भएको छ। आरसिबीले तीन खेल गुमाउँदा एउटा मात्र जितेको छ।


आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ : ४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : १० बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१