चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक « Khabarhub

चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र  ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गीत सिनेमाको कथा अनुसार तयार पारिएको निर्माण पक्षले बताएको छ । 

गायक सपुतले सिनेमाको मर्म अनुसार नै आफूले गीत तयार पारेको जनाएका छन् । गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियाको समेत अभिनय रहेको छ । 

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीका अनुसार महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ५५ बजे

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ