१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि | Khabarhub Khabarhub

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ औं फेवा नववर्ष महोत्सव चैत २९ देखि वैशाख १ सम्म पोखरामा आयोजना हुने भएको छ ।

होटल संघ नेपाल र पोखरा क्षेत्रीय होटल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेवाताल किनार ड्यामसाइड चोकदेखि हल्लानचोकसम्म फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।

पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ वर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको जानकारी दिए ।

उनले मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्राउन सरकारसँग मिलेर धेरै कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन,सांस्कृतिक झाँकिका कार्यक्रम, लोकदोहोरी ,स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रस्तुति, पर्यटक दौड प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका