गण्डकीमा नयाँ सरकार गठनको आह्वान « Khabarhub

गण्डकीमा नयाँ सरकार गठनको आह्वान


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराह्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् ।

बुधबार प्रदेश प्रमुख भट्टले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरूलाई अवसर दिएका हुन् ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
 

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ : मुख्यमन्त्री पाण्डे

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : २० बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई