अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्यामा सुधार « Khabarhub

अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्यामा सुधार


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्या गत महिना अपेक्षाभन्दा निकै माथि आएको ‘पेरोल फर्म’ एडीपीले बुधबार जनाएको छ ।

मार्चमा निजी क्षेत्रको रोजगारीमा एक लाख ८४ हजारले वृद्धि भएको एडीपीले जनाएको छ । अमेरिकी तथ्याङ्कअनुसार नयाँ रोजगारीको बजार पूर्वानुमान गरिएको एक लाख ५० हजारभन्दा निकै माथि अर्थात् करिब ३४ हजारले बढी हो ।

नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावअघि राष्ट्रपतिको आर्थिक रेकर्डबारे कुरा गर्न खोज्ने बाइडेन प्रशासनले रोजगारीको पछिल्लो तथ्याङ्कले राहत मिल्ने देखिएको छ । तर रोजगारीको तथ्याङ्कले फेडरल रिजर्भका गतिविधि र सम्भावित आगामी कदमलाई पनि सङ्केत गरेको छ ।

यसले ब्याज दर कटौतीको प्रारम्भिक सुरुवातको सम्भावना लाई कम गर्दछ । उच्च मुद्रास्फीतिकोबिरूद्धको अमेरिकाको करिब एक वर्ष लामो सङ्घर्षलाई पनि अन्त्य गर्ने सम्भावना बढ्ने र अमेरिकी श्रम बजारमा राहत मिल्ने सङ्केत गर्दछ ।

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भन्नुभयो, “मार्च तलब वृद्धिका लागि मात्र होइन, आर्थिक वृद्धि, वित्तीय सेवा र विनिर्माणजस्ता ज्याला वृद्धि गर्ने क्षेत्रका लागि पनि आश्चर्यजनक भएको छ।”

सन् २०२२ को मुद्रास्फीति रोक्न बनेको ऐन हालैका औद्योगिक नीतिबाट उत्साहित निर्माण क्षेत्रले एक महिनामा ३३ हजार नयाँ रोजगारी सिर्जना गरेको छ भने वित्तीय सेवा क्षेत्रले १७ हजार र विनिर्माण क्षेत्रले एक हजार रोजगारी थपेको छ ।

ठूलो सङ्ख्यामा नयाँ पदहरू सिर्जना गर्ने अन्य क्षेत्रहरूमा अवकाश र आतिथ्य क्षेत्र, व्यापार र यातायातलगायत क्षेत्रहरू समावेश छन् ।एडीपीको तथ्याङ्कअनुसार रोजगारीमा रहेकाहरूको तलब ५।१ प्रतिशतले बढेको छ भने नयाँ कर्मचारीको तलब १०।० प्रतिशतले बढेको छ ।

रिचर्डसनले भन्नुभयो, “मुद्रास्फीति कम भइरहेको छ र वस्तु र सेवा दुवैमा ज्याला वृद्धि भएको हाम्रो तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : २५ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका