अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्यामा सुधार « Khabarhub

अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्यामा सुधार


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्या गत महिना अपेक्षाभन्दा निकै माथि आएको ‘पेरोल फर्म’ एडीपीले बुधबार जनाएको छ ।

मार्चमा निजी क्षेत्रको रोजगारीमा एक लाख ८४ हजारले वृद्धि भएको एडीपीले जनाएको छ । अमेरिकी तथ्याङ्कअनुसार नयाँ रोजगारीको बजार पूर्वानुमान गरिएको एक लाख ५० हजारभन्दा निकै माथि अर्थात् करिब ३४ हजारले बढी हो ।

नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावअघि राष्ट्रपतिको आर्थिक रेकर्डबारे कुरा गर्न खोज्ने बाइडेन प्रशासनले रोजगारीको पछिल्लो तथ्याङ्कले राहत मिल्ने देखिएको छ । तर रोजगारीको तथ्याङ्कले फेडरल रिजर्भका गतिविधि र सम्भावित आगामी कदमलाई पनि सङ्केत गरेको छ ।

यसले ब्याज दर कटौतीको प्रारम्भिक सुरुवातको सम्भावना लाई कम गर्दछ । उच्च मुद्रास्फीतिकोबिरूद्धको अमेरिकाको करिब एक वर्ष लामो सङ्घर्षलाई पनि अन्त्य गर्ने सम्भावना बढ्ने र अमेरिकी श्रम बजारमा राहत मिल्ने सङ्केत गर्दछ ।

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भन्नुभयो, “मार्च तलब वृद्धिका लागि मात्र होइन, आर्थिक वृद्धि, वित्तीय सेवा र विनिर्माणजस्ता ज्याला वृद्धि गर्ने क्षेत्रका लागि पनि आश्चर्यजनक भएको छ।”

सन् २०२२ को मुद्रास्फीति रोक्न बनेको ऐन हालैका औद्योगिक नीतिबाट उत्साहित निर्माण क्षेत्रले एक महिनामा ३३ हजार नयाँ रोजगारी सिर्जना गरेको छ भने वित्तीय सेवा क्षेत्रले १७ हजार र विनिर्माण क्षेत्रले एक हजार रोजगारी थपेको छ ।

ठूलो सङ्ख्यामा नयाँ पदहरू सिर्जना गर्ने अन्य क्षेत्रहरूमा अवकाश र आतिथ्य क्षेत्र, व्यापार र यातायातलगायत क्षेत्रहरू समावेश छन् ।एडीपीको तथ्याङ्कअनुसार रोजगारीमा रहेकाहरूको तलब ५।१ प्रतिशतले बढेको छ भने नयाँ कर्मचारीको तलब १०।० प्रतिशतले बढेको छ ।

रिचर्डसनले भन्नुभयो, “मुद्रास्फीति कम भइरहेको छ र वस्तु र सेवा दुवैमा ज्याला वृद्धि भएको हाम्रो तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : २५ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन