इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा | Khabarhub Khabarhub

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो ।

टर्कीले इजरायल संलग्न आयात र निर्यात सबै उत्पादनहरू सहित रोकिएको घोषणा गरेको हो ।

इजरायली सरकारले गाजामा मानवीय सहायताको निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरूलाई कडा र निर्णायक रूपमा लागू गर्नेछ ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लंघन गरेको आरोप लगाएपछि टर्कीबाट यो घोषणा गरिएको हो ।

मन्त्रालयले स्वदेशी उत्पादन र अन्य देशबाट आयातमा जोड दिएको छ । सन् २०२३ मा दुई देशबीचको व्यापार ६।८ बिलियन अमेरिकी डलर थियो ।

गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो र इजरायलले गाजालाई हवाई सहयोग रोक्ने र यस क्षेत्रमा सैन्य कारबाही गरेको आरोप लगाएको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका