विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जीवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाकाे बिर्तामोड नगरपालिका-६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र ईलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही  उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ४९ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा