नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए « Khabarhub

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै नभनिएको बताएका छन् ।

एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको बताए ।

‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ’, उनले भनेका छन् ।

शुक्रबार नै आफूले सुस्ता पनि घुमेको ओलीले बताए । आफूले २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो भनेर भारतीयलाई त्यहाँबाट छाडेर जान दबाब दिएको स्मरण गराए ।

त्यतिखेर मिचिएको सुस्ताको पक्षमा देशका लागि कुरा उठाउँदा आफूहरूविरुद्ध मुद्दासमेत चलाइएको स्मरण उनले गरेका छन् ।

एमाले सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उनले बताए । ‘देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ’, उनले भने ।

लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटिएको बताउँदै उनले त्यो भूमि हाम्रो हो,फिर्ता पाउनु पर्छ, कब्जा गरिएको भूमि भारतले छाड्नु पर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको बताए ।

‘अरू कसैले आवाज उठाउँदैनन्, सत्तामा जान पाइँदैन कि भनेर, बस्न पाइँदैन कि भन्ने डर छ’, उनले थपे ।

जनता र देशका निम्ति काम नगर्ने हो भने राजनीति के का लागि गर्ने ? भन्दै उनले प्रश्न गरे । आफूले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको ओलीले बताए ।

पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न ओलीले नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने बताएका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ४० बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि