फाइल फोटो

समाचार

अर्घाखाँचीमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

By रासस

September 03, 2024

अर्घाखाँची– अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएको थियो ।

बगाएकाहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए । दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।