वैतेश्वरमा ४ लाख बराबरको म्याद नाघेको अखाद्य सामान  नष्ट  « Khabarhub

वैतेश्वरमा ४ लाख बराबरको म्याद नाघेको अखाद्य सामान  नष्ट 


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिकाले आइतबार गरेको छड्के बजार अनुगमनको क्रममा ४ लाख भन्दा बढीको अखाद्य दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरेको छ।

गाउँपालिकाको बजार अनुगमन टोलीले  स्थानीय  बजार अनुगमन गर्दा जफत गरेको उक्त दैनिक उपभोग्य म्याद गुज्रिएका अखाद्यवस्तु नष्ट गरेको हो ।

पालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकी,स्थानीय सञ्चार माध्यम सँग समन्वय गरेर गाउँपालिकाको स्थानीय बजार अनुगमन टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उनले बताए । बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताए ।

उनका अनुसार म्याद गुज्रिएका सामानमा कोकाकोला, खाने तेल, दालमोट, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ति, कफी, दाल, चामल,चिउरा ,मसला लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर आइतबार नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको उनले जानकारी दिए ।अनुगमन टोली पालिकाका एक सय भन्दा बढी पसल अनुगमन गरेको थियो ।

अनुगमनमा बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, कार्यपालिका सदस्य ठूलीकान्छी बिक, पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी इलाका प्रहरी कार्यालय मैनापोखरीका र पुतलीकाठ प्रहरी चौकीका सुरक्षाकर्मी , उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका,पत्रकार लगायतको अनुगमन टोली रहेको थियो ।

पालिकाले बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । गाउँपालिका गत दशैताका गरेको बजार अनुगमनका क्रममा पनि करिब १० लाख बराबरको अखाद्य वस्तु नष्ट गरेको थियो ।

पालिकाले बजार अनुगमन निर्देशिका २०८०बमोजिम गठित बजार अनुगमन टोलीले स्थानीय बजारमा अनुगमन गर्दै आएको छ । पहिलो पटक करिब दुई सय पसल अनुगमन गरेको पालिकाले दोस्रो पटक आइतबार सयको हाराहारी पसल अनुगमन गरेको थियो।

– सुबास बस्नेत

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ११ : ४० बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक