बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक « Khabarhub

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ ।

फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।

सडक डिभिजन कार्यालयको टोलीले सोमबार उक्त सडकको काटिएको भाग कालोपत्रे गरेर पुरेको हो ।

उक्त सडक काटिएपछि काठमाडौं महानगरपालिका र सडक विभागबीच जुहारी चलेको थियो । उता मेयर साह र वडाअध्यक्षबीच पनि उक्त सडक काटिएकोमा भनाभन भएको थियो ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले आफ्नो अडान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे हालेको हो ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १२ : ०८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा