जापानले लन्च गर्‍यो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने | Khabarhub Khabarhub

जापानले लन्च गर्‍यो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यावसायिक रूपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो ।

कम्पनीको अनुसन्धाताले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गर्थ्यो । त्यति बेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुवै बनाउन काम गरिरहेका थिए ।

यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो । तर अहिले व्यावसायिक विक्रीका लागि कम्पनीले चम्चा मात्रै ल्याउन सकेको छ । यो चम्चाको नाम इलेक्स्पून दिइएको छ ।

यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।

अत्यधिक नुन खपत जापानमा धेरैको समस्या हो । त्यहाँका मानिसहरू कम नुन भएको खाना रुचाउँदैनन् । चाहिने भन्दा बढी नुन सेवनका कारण निम्तन सक्ने गम्भीर स्वास्थ्य समस्याहरू कम गर्न कम्पनीले यो चम्चा ल्याएको हो ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १२ : ५३ बजे

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा