भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल « Khabarhub

भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मनाङ – मनाङमा हालसम्म सुविधासम्पन्न अस्पताल छैनन् । सामान्य उपचारका लागि छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । लामो समयदेखि जिल्लामै उपचार गर्न पाउने पर्खाइमा मनाङबासी छन् ।

विसं २०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक (हाइअल्टिच्यूड) लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् । तर भनेजस्तो उपचार सेवा नपाउँदा समस्या हुनेगर्छ । अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ ।
सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन् । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ । पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन । रु १४ करोडमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।

१५ शैय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले भवन निर्माण गर्न प्रदेश सरकारले चार वर्षमा तीन पटक म्याद थप गरिसकेको छ । ओम बुद्ध÷बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको बताए । उनले रङरोगन तथा टायल बिच्छ्याउने काम भइरहेको जानकारी दिए।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विसं २०७५ देखि गण्डकी प्रदेशअन्तर्गत सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेशमा समस्याबारे जानकारी गराएको बताए । अध्यक्ष घलेले भौतिक रूपमा कार्य प्रगति मूल्याङ्कन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा भारती मेहताले मुख्य ठेकेदार र स्थानीय (पेटी) ठेकेदार बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताए । उनले भने, “भवन मात्रै भएर के गर्नु, दुर्गममा दरबन्दी अनुसार दक्ष जनशक्ति हुनुप¥यो त्यो छैन ।” जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, हाल सो अस्पतालमा पाँच जना मात्र कार्यरत छन् । १३ जनाको दरबन्दी रिक्त छ ।

डा भारतीका अनुसार दरबन्दी अनुसारको दक्ष जनशक्ति नुहँदा दुई ‘सिफ्ट’मा काम गर्ने अवस्था छैन । दुर्गममा कर्मचारी आउनै नमान्ने भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको उनको गुनासो छ । डा भारतीले भने, “अन्य अस्पतालको वार्षिक आम्दानी पाँच करोडभन्दा बढी हुन्छ । हाम्रोमा रु २० को टिकटले मुस्किलले वर्षमा दुई लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने? जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।”

पदयात्राको प्रवेशद्वार मानिने चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालले सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : १५ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६