परीक्षाको खराब नतिजा- शिक्षक नै बढी दोषभागी | Khabarhub Khabarhub

शिक्षा

परीक्षाको खराब नतिजा- शिक्षक नै बढी दोषभागी



सरकारले शिक्षा क्षेत्रमा जतिबेला निरन्तर मूल्याङ्कन प्रणाली राख्यो- त्यो बेला नै शिक्षकहरूले यो प्रणालीले स्वतः पास भन्ने किसिमको दृष्ट्रिकोण कोण बनाए । यो दृष्टिकोण सरकारले मेट्न नै सकेन । हामीले मेट्न पनि सकेनौं । किनकि सक्षम नभएसम्म उदार बनाउन पाइँदैन भन्ने नियम नै थियो ।

विद्यार्थी र अभिभावकले नपढे पनि हुने रहेछ, नपढाए नि हुने रहेछ भन्ने भयो र राजनीतिक दलले पनि यो शिक्षा काम लाग्दैन भने । चुकेको ठाउँ त्यहाँ हो । अर्को- विद्यार्थीलाई चोराउन लगाउने । चोर्दा पनि हुने रहेछ भन्ने सन्देश गयो । यो नकारात्मक कुराको परिणति अहिले आयो ।

अब गर्ने भनेको- शिक्षकहरूसँग पढाउने तागत छ । नतिजा आउने शिक्षकको जुन फुर्तिफार्ती देखिन्छ, नतिजा बिग्रिँदा पनि त्यत्तिकै पीडाबोध हुनुपर्ने हो । नतिजा बिग्रँदा के गर्ने भनी हामीले भन्यौँ भने शिक्षकले त्यो गर्छ ।

त्यो जिम्मेवारी लिँदा अब  कसरी पढाउनु पर्ला भनेर विचार गर्न सकिएला । गणितमा धेरै फेल भए भने अब कसरी पढाउन सकिएला, त्यसबारे सोचविचार गरी आवश्यक व्यवस्थापन गरौँ । हामीसँग १५ दिन मैले पढाएँ भने ३५ नम्बर ग्यारेन्टी गर्छु भन्ने शिक्षकहरू पनि छन् । जसले हामीसँग भएका साधनबाट, डोको/डालो/नाम्लोबाट पनि पढाउन सकिन्छ भन्ने पनि जमात छ । तिनलाई समेट्ने हो भने राम्रो अभ्यास हुन्छ ।

‘सचिव, प्रधानमन्त्री, मन्त्री कसले बनायो ? हामीले’ भन्ने जो हिम्मतिला शिक्षक सडकमा आएका थिए- उनीहरूलाई अब ‘फेल कसले बनायो ? यी केटाकेटी बिगारेको कसले हो ? जिम्मा लिने कसले हो ?’ भनेर सोध्ने हो भने कडा सन्देश जान्छ ।

अङ्ग्रेजीमा पढाउन विद्यार्थीलाई अङ्ग्रेजीका गीत सुन्न लगाउनसम्म सकिन्छ । कम्प्युटर लगायतका साधनहरू पनि बोलीचालीमा अगाडी छन् । त्यसैले अब शिक्षकलाई यो गर भन्दा पनि अब के गर्छौं चाहिँ भन्नुपर्ने अवस्था छ ।

किनकी उसले आज पनि हिजोकै जस्तो विद्यार्थी खोजिराखेको छ । शिक्षकहरूको पढाउने शैली पनि हिजोकै जस्तो छ । अब विद्यार्थी प्रविधिबाट पढ्छन् । प्रविधि र जिम्मेवारीबाट विद्यार्थी पढ्छन् भन्ने कुरा उनीहरूको टाउकोमा हालिदिने हो भने केही सुधार हुन्छ । हिजोका विद्यार्थीमा के फरक पाउनुहुन्छ भन्यो भने शिक्षक आफैँले भन्छ नि ! त्यसैले यता सोच्नुपर्छ ।

हाम्रो प्रणालीले क्रेडिट (आवर)मा सबै प्रणालीलाई लगेको छ । १० कक्षाको केटाकेटीले ३२ क्रेडिट आवर पढ्नुपर्ने रहेछ । ११ मा २७ र १२ मा २७ क्रेडिट आवर पढ्नु पर्नेरहेछ । यसलाई हेर्दा १० कक्षामा उसले केही न केही त पास गरेको होला ।

उनीहरूले त्यो क्रेडिटलाई थप गरेर लैजान्छन्‌ । जस्तो- मैले ३२ क्रेडिटमध्ये १० क्रेडिट पास गरेको छु भने बाँकी रहेको सबै गर्दा २२ क्रेडिट आवर भयो । त्यो मैले ११ र १२ मा गएर पूरा गर्छु । कुनै तरिका बनाउन सकिन्छ । ११ मा २२ क्रेडिट बनायो भने १० यसमा लिन्छु र अर्को १२ क्रेडिट १२ कक्षामा लिन्छु भन्न पनि पाइन्छ ।

यसो हुँदा विद्यार्थीलाई ११ को २७ क्रेडिट पनि लिन्छ र बाँकी रहेको १० क्रेडिट पनि यहाँ थप्छ १२ मा पनि २७ क्रेडिट पनि लिन्छ र बाँकी रहेको १२ क्रेडिट पनि पुरा गर्छ । त्यसो गर्दा उसले १०,११ र १२ लाई क्रेडिट आवरमा लिएर जान्छ । त्यसले विद्यार्थीलाई क्रेडिट आवर पूरा गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।

क्रेडिट आवरमा एउटा मूले विषय यो हो भन्ने र के नपढे पनि हुन्छ भनेर निर्णय गरौँ र यति भएपछि विद्यार्थीलाई अर्को अवसर हुन्छ । विद्यार्थीले ‘म खेलमा अब्बल छु’ भन्यो भने ‘खेलमा तिमीले अब्बल सावित गर्‍यौं भने तिमीलाई यति क्रेडिट दिन्छु’ भन्न सकिन्छ । त्यस्तै, ‘म गीत राम्ररी गाउन सक्छु, गीतमा मात्रै लिन्छु’ भन्ने जस्ता बहुविकल्प केटाकेटीलाई छान्न दिनुपर्छ।

यस्ता विधा पढाउने शिक्षक छैनन्‌ भन्ने चिन्तन छ । म के देख्छु भने तेरिया मगरले को शिक्षक भेटिन् होला ! मेनुका पौडेलले को शिक्षक भेटिन्‌ भनेर हेर्‍यो भने शिक्षक त नेटमा पनि रहेछ । जानकार मान्छे छिमेकमा पनि रहेछ भन्ने चिन्तन बढाउन सकिन्छ ।

अर्को- खुला विद्यालयको अवधारणा लगेर जोडेर तिमीहरूले विद्यालय तहको कोर्षमा यसरी सहयोग गर्न सक्छौँ भनेर भन्ने हो भने हाम्रो केटाकेटीको लागि बाटो खुल्छ । नत्र एनजीओ भइसकेका छन् । तिनीहरूले पढेर खाँदैनन् भन्ने हो भने गरी खाने बनाउनुपर्‍यो । उसलाई सीप दिनुपर्‍यो पालिकाहरूले अब ।

हाम्रा मान्छेले सैद्धान्तिक र व्यवहारिक भन्ने गर्छन् । हरेक सैद्धान्तिक कुरा व्यवहारिक बनाउन सकिन्छ । हरेक व्यवहारिक कुरा सैद्धान्तिक बनाउन सकिन्छ । यो चिन्तन हामीले शिक्षकहरूसामू पुर्‍याउन सकेनौँ । शिक्षकले पनि त्यसलाई महसुस गर्न सकेनन्‌ । न सरकारका मान्छेले, न त हामी सडकका मान्छेले !

नपढे पनि पास हुने भन्ने बुझाइलाई त शिक्षा मन्त्रालयले चिर्नुपर्थ्यो नि ! पाठ्यक्रममा भएका कुरा यसरी पढाउनुपर्‍यो । अब पढाउने कुरा पनि पुरानो भइसक्योऽ अब त सिकाउने बेला भयो ।

एकचोटी पढाएपछि ‘ल अब तपाईंहरूले मोबाइलमा यो हेर्नुहोस्’ भन्नेतिर शिक्षकलाई धकेल्न नै सकिएन । शिक्षक बुद्धिजीवी हो; यो गर भनेर हैन, के गर्छौं भनेर दिनुपर्थ्यो ।

अहिले हरेक शिक्षकको फेसबुक अकाउन्ट छ । त्यसमा हरेक दिन एक-एक वटा शिक्षकले गर्ने यो हो भनेर राखिदिने गर्‍यो भने त शिक्षकले त्यो हेर्छ नि ! पालिका महासंघहरू पनि छन् . ती संघ पालिकाहरू संविधानको अनुसूची ८ मेरो हो भनेर भन्छन् । तर, उनले त्यो शिक्षकलाई अद्यावधिक गरिदिएनन् ।

प्रदेश सरकारलाई शिक्षकहरूको तालिम आदि-इत्यादिमा काम गराउने भनेर शिक्षा आयोगको प्रतिवेदनमा पनि लेखियो । शिक्षा नीतिमा पनि लेखिएको छ । नगर्ने, तर ठूला कुरा गर्ने संस्कार बसेको छ ।

राम्रो गरेका शिक्षक पनि छन् । कुनै शिक्षकले ‘मैले शिक्षण गरेको विद्यालयले यति राम्रो गरेको छ’ भनेर दाबी गरेका छन् । तिनले दाबी गरेको कुराकानी उनले आफ्नो मोबाइलबाट अपलोड गरेर पालिकाको, प्रदेश सरकारको पोल्टामा हाल्न त मिल्थ्यो नि !

त्यो राम्रो गरेको अरूले देखेको भए ‘त्यो भन्दा म के कम’ भनेर लाग्थे नि शिक्षकहरू ! शिक्षकहरूले पनि आफ्नो आफैँ मूल्याङ्कन गरौँ न ! म कहाँ असक्षम भएँ त ? अरूले त्यो ठाउँमा अरू सफल भएको छ त भनेर हेरौँ । यो चिन्तनमा धकेल्ने बित्तिकै शिक्षक चनाखो हुन्छ । गर्न नसक्ने शिक्षकलाई अब तपाईंको बाली पाक्यो भनेर धकेलौँ, स-सम्मान बिदाइ गरौँ ।

पालिका-पालिकामा कांग्रेसले समाजवादी शिक्षा भन्छ, एमालेले जनमुखी शिक्षा भन्छ, माओवादीले जनवादी शिक्षा भन्छ, चन्दवादी वैज्ञानिक समाजवादी शिक्षा भन्छ, राप्रपा राष्ट्रवादी शिक्षा भन्छ । यी हावादारी शब्द कति भनिदिनुहुन्छ, अब बन्द गरिदिनुहोस् ।

‘सचिव, प्रधानमन्त्री, मन्त्री कसले बनायो ? हामीले’ भन्ने जो हिम्मतिला शिक्षक सडकमा आएका थिए- उनीहरूलाई अब ‘फेल कसले बनायो ? यी केटाकेटी बिगारेको कसले हो ? जिम्मा लिने कसले हो ?’ भनेर सोध्ने हो भने कडा सन्देश जान्छ । त्यति गर्ने बित्तिकै उनीहरू टाप कस्छन् ।

अर्को, राजनीतिक दलले अपराध गरेकै हो । दलहरूले हिजो पार्टी-पार्टी विशेषका शिक्षक संघसंगठनहरू बनाएकै हुन् । त्यसलाई शिक्षकले छहारीका रूपमा बुझेका हुन् । त्यो पूर्वमन्त्री अशोक राईले स्वीकार्नु भएको छ । यसलाई सच्याउनु पर्छ भनेर भन्नु भएको थियो । अहिलेको मन्त्रीले पनि तोड्न खोज्नुभएको छ, त्यो महसुस भएको छ ।

पालिका-पालिकामा कांग्रेसले समाजवादी शिक्षा भन्छ, एमालेले जनमुखी शिक्षा भन्छ, माओवादीले जनवादी शिक्षा भन्छ, चन्दवादी वैज्ञानिक समाजवादी शिक्षा भन्छ, राप्रपा राष्ट्रवादी शिक्षा भन्छ । यी हावादारी शब्द कति भनिदिनुहुन्छ, अब बन्द गरिदिनुहोस् ।

शिक्षकहरूलाई पनि अब पेशाकर्मी हो कि दलकर्मी मध्ये एक रोज्न भनौं । अहिले शिक्षकले ट्रेड युनियन नेपाल भनेर दलसँग आबद्ध हुने अधिकार भनेर बुझ्यो । उसलाई पेशाकर्मीले पहिले बिहानदेखि बेलुका सम्म पेशाको चिन्ता गर्छ । दलकर्मी शिक्षकले आफ्नो दलको कुराकानी गर्छ ।

अहिले त हाम्रो शिक्षकले प्रधानमन्त्रीले के भने ? मन्त्रीले के भने ? भनेर चिन्तन गर्छन्‌ । बच्चाको चिन्तन गर्दैनन्‌ । बच्चाको चिन्तन गर्नेले आन्दोलन गर्न आउनुअघि त्यो बच्चाले पढ्न पायो कि पाएन भनेर सोच्ने गर्छ ।

(कुराकानीमा आधारित ।)

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ०३ बजे

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष