एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत आज दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

महाधिवेशनमा चारवटा प्रतिवेदनहरू प्रस्तुत भएका थिए । जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्ताव रहेका थिए ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने बताइएको छ । तर माधवकुमार नेपाललाई नै पुनः अध्यक्ष बनाउन नेताहरु प्रयासरत छन् ।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०५ बजे

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना

काठमाडौँ– अमेरिकाले भानुआतुमा राजदूतावास स्थापना गरेको छ । प्रशान्त महासागरीय

विदेशीलाई बच्चा बेच्ने कानून : के लेख्या माननीयज्यू !

काठमाडौं- नेपाली नागरिकका अवोध सन्तानलाई ‘धर्मपुत्र’ वा ‘धर्मपुत्री’ बनाएर विदेशी

अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको

गैरहाजिर २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन

काठमाडौँ– नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

रुकुमपश्चिम– मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो