म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै « Khabarhub

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको जिल्लामा हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।

विसं २०७७ सम्म जिल्लामा सदरमुकाम बेनीबजार वरपर र बेनी नगरपालिकाको क्षेत्रमा जम्मा ११ किमी सडक कालोपत्र भएकामा चालु आर्थिक वर्षमा थप १६ दशमलव दुई किमी सडक कालोपत्रको अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख विष्णु पौडेलले चालु आवमा बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किमी सडक कालोपत्रसहित आरसिसीपिसिसी ढलानको काम अन्तिम चरणमा रहेको जानकारी दिए। छ किमी ग्राभेल, १० किमी नयाँ मार्ग खोल्ने, १५ किमी सडक विस्तार, चार किमी नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको उन बताए।

“विसं २०७७ सम्म बेनी नगरपालिका क्षेत्रभित्र बेनीबजार, बेनी–गलेश्वरबेनी–रत्नेचौर, बेनी–महारानी थानको ११ किमी सडकबाहेक नगरपालिका बाहिर कालोपत्र भएको थिएन”, प्रमुख पौडेलले भने, “यसअघि बेनी–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलोपटक सडक कालोपत्र भएको थियो ।”

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङगलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र गरिरहेको उनले जानकारी दिए । गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा चालु आवमा थप १६ किमीभन्दा बढी सडक कालोपत्र गर्ने आयोजना अन्तिम चरणमा पुगेको प्रमुख पौडेलले बताए । 

सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० आयोजनामध्ये ११ आयोजना बहुवर्षीय स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चारवटा ठेक्काको मूल्यांकन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सालबसाली २३ आयोजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार आयोजनाको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना अन्तिम चरणमा छन् ।

चालु आवमा कुल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । गत आवमा १३ दशमलव २८ किमी पक्की सडक, सात दशमलव दुई किमी ग्राभेल, २३ दशमलव २७५ किमी माटे सडक निर्माण भएको थियो । 

यस वर्ष पाँच दशमलव छ किमी दूरीको गलेश्वर–पीपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किमी सडक र छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब आठ किमी कालोपत्र भएको छ ।

२० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी,  २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्यांकन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिए। उनका अनुासर बेनी–भकिम्ली, अदिभारा–डाडागाउँपखेर–बरंजा सडक स्तरोन्नतिका लागि  १०-१० करोड बजेटको आयोजना ठेक्का लागेको छ ।

दरवाङ–बिम सडक कालोपत्र गर्न २५ करोडको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले जानकारी दिए।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ०१ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले