राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग « Khabarhub

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् ।

विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् ।

बैठकमा सांसद पदमबहादुर परियारले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकताअनुसार बजेट विनियोजन नभएको उल्लेख गर्दै सोह्रौँ आवधिक योजनाले शिक्षा क्षेत्रको बजेट १० प्रतिशतमाथि राख्ने लक्ष्य राखेकोमा शिक्षामा बजेट घटाउन नहुने बताए । आगामी आवका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत दुई खर्ब तीन अर्ब ७४ करोड ४९ लाख विनियोजन भएको छ । 

‘यो कूल बजेटको १० दशमलव ९५ हुन आउँछ, चालु आव २०८०-८१ मा शिक्षामा ११ दशमवल २७ प्रतिशत बजेट छुट्याइएकामा आगामी आवका लागि  घटेर आएको छ, शिक्षा क्षेत्रमा बजेट नघटाइयोस्’, सांसद परियारले भने । उनले अपांगता भएका शिक्षक र विद्यार्थीका लागि विभिन्न कार्यक्रम ल्याइएकामा खुसी व्यक्त गरे। 

सांसद आनन्दप्रसाद ढुंगानाले कृषिको आधुनिकीकारणव्यावसायिकरण नगरेसम्म गरिबी न्यूनीकरण सम्भव नभएको बताए । 

‘कृषि नेपालको विकासको मेरुदण्ड हो, तर अझै किसानका समस्या समाधान हुन सकेका छैनन्’, खर्च कटौतीको प्रस्तावसहितको छलफलमा उनले भने, ‘कृषि क्षेत्रमा छुट्ट्याइएको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन ।’

 आगामी आवको बजेटमा कृषि क्षेत्रमा रु एक अर्ब बजेट कटौती गरिएको उल्लेख गर्दै सांसद ढुंगानाले बजेट घटाएर कसरी कृषिको आधुनिकीकरण सम्भव हुन्छ भनेर प्रश्न गरे । 

सरकारले किसानलाई मल दिन नसकेको यथार्थ सुनाउँदै उनले उनीहरूलाई समयमै पर्याप्त मात्रामा मल, बीउ र सिँचाइ सुविधा उपलब्ध गराइनुपर्ने बताए।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ५७ बजे

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

नाइजेरिया – उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुईवटा छुट्टै जिहादी

टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई