वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न « Khabarhub

वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाले चालु आर्थिक  २०८०/८१ मा सम्पादन भएका वार्षिक विकास कार्यक्रमहरूको समीक्षा तथा वित्तीय प्रगतिको सार्वजनिक सुनुवाइ गरिएको थियो ।

गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा र रेडियो वैतेश्वरको सहजीकरण, वडा नम्बर-१ को व्यवस्थापनमा  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जबाफदेही वक्ता गाउँपालिका अध्यक्ष अध्यक्ष छवि लामाको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वैतेश्वर गाउँपालिकाको चालु वर्षको आयव्यय र वार्षिक प्रगति प्रतिवेदन गाउँपालिकाका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले प्रस्तुत गरेका थिए ।

पालिकाले चालु वर्ष वडा नम्बर-१ देखि ८ सम्म एक सय ७२ वटा योजना वितरण गरेकोमा ९९.४१ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ।

बजेट अभावले वडा नम्बर-७ एउटा योजना बाहेक अन्य वडाको सत् प्रतिशत योजना सम्पन्न भएको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ ।

गाउँपालिकाले चालु आवमा सडक ३४ वटा,गोरेटो बाटो ८० वटा एक मिटर चौडाइ भएको सिडी सहितको गोरेटो निर्माण सम्पन्न गरेको छ । वैतेश्वर हालसम्म २५ किलोमिटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न भएको छ ।

त्यसैगरी भवन ९ वटा ,मन्दिर तथा गुम्बा १२ वटा ,खानेपानी योजना ८ वटा, सिचाइ योजना ७ वटा र अन्य खेलमैदान,घाट निर्माण सरसफाइ तथा ढल निर्माण तर्फ ३१ वटा योजना रहेको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी गाउँपालिकाले हालसम्म ५८ वटा कानुन निर्माण गरेको छ।चालु वर्ष थप ५ वटा कानुन निर्माण गरेको छ।३ वटा ऐन निर्माण प्रक्रियामा रहेको जनाएको छ।

न्यायिक समिति मार्फत ५ वटा उजुरी तथा मुद्दालाई मिलाएको छ । १४ वटा उजुरी मध्ये ५ वटा प्रक्रियामा रहेको र ५ वटा अदालत पठाएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

सुशासन तर्फ वैतेश्वर गाउँपालिकाले उपलब्धि हासिल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए । वैतेश्वरले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७५.५५ प्रतिशत अंक प्राप्त गरेको छ।

वित्तीय जोखिम मुल्यांकन तर्फ ६६.५ अंक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्यांकनमा ६०.६३ प्रतिशत अंक प्राप्त गर्दै दोलखा ९ पालिका मध्ये जिल्लाकै प्रथम पालिका भएको जनाइएको छ ।

गाउँपालिकाको चालु वर्षको आयव्यय तर्फ ५३ करोड ९३ लाख ६२ हजार ९६ रहेकोमा हालसम्म खर्च ४५ करोड ४१ लाख ६७ हजार एक सय ३९ रुपैयाँ खर्च भैसकेको छ ।

गाउँपालिकामा मौजाद रहेको रकम ८ करोड ५१ लाख ९४ हजार पाँच सय ५६ रुपैयाँ रहेको र चालु वर्ष अन्तिम सम्म सबै भुक्तानी हुँदा वित्तीय प्रगति बढ्ने गाउँपालिकाले जनाएको छ । हाल वित्तीय प्रगति ८४.२ प्रतिशत रहेको छ।
वडानम्बर-१ को वडा कार्यालयमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा बैतेश्वर गाउँपालिकाका वडा अध्यक्ष  जनप्रतिनिधि, कर्मचारी, शिक्षक, गाउँपालिकावासी, पत्रकार, नागरिक लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

कार्यक्रममा वार्षिक प्रगति विवरण, नागरिकको प्रश्न र जनप्रतिनिधिको जवाफ समावेश गरिएको थियो ।

-सुबास बस्नेत

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : १२ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक