शनिबार, शनिदेवको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १९ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको चतुर्दशी तिथि।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ३३ बजे

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता