ग्लोबल टी-२० : पाँच खेलमा एक अंक जोडेको टिमका लागि सन्दीप र दीपेन्द्रको प्रदर्शन कस्तो ? « Khabarhub

ग्लोबल टी-२० : पाँच खेलमा एक अंक जोडेको टिमका लागि सन्दीप र दीपेन्द्रको प्रदर्शन कस्तो ?


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो पाँचौ खेल खेल्दा भ्यानकुभर नाइट्सले एक अंक जोडेको छ। नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी भ्यानकुभरले पाँचौ खेलमा एक अंक जोडेको हो।

शुक्रबार राति सर्रे जगुअर्सले टस जितेर फिल्ड रोजेपछि भ्यानकुभरले सुरुमा ब्याटिङ सुरु गरेको थियो। भ्यानकुभरले ५ ओभरमा १ विकेट गुमाएर २८ रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएको हो। त्यसपछि खेल पुन सञ्चालन नभएपछि सर्रेसँग भ्यानकुभरले अंक बाँडेको हो।

चौथो खेलमा ब्रम्टन वुल्भ्ससँग भ्यानकुभर ६ विकेटले पराजित भएको थियो। भ्यानकुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिएका थिए। उक्त खेलमा नेपालका अलराउण्डर दीपेन्द्रले भने कसिलो बलिङ गरेका थिए। चार ओभर बलिङ गर्दा उनले बिना विकेट मात्र १८ रन दिएका थिए।

भ्यानकुभर तेस्रो खेलमा मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित हुँदा सन्दीपले चार ओभर बलिङ गर्दै १ विकेट लिएका थिए भने दीपेन्द्रले नटआउट १५ बलमा ३० रन बनाएका थिए।

दोस्रो खेलमा भ्यानकुभर बंगला टाइगर्ससँग २२ रनले पराजित भएको थियो। उक्त खेलमा सन्दीपले चार ओभर बलिङ गर्दा ३२ रन दिएर दुई विकेट हात पारेका थिए भने दीपेन्द्रको ब्याट चलेको थिएन। उनले २ बलको सामना गर्दा १ रन मात्र जोडेका थिए।

 

पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेल सहभागी टिम टोरन्टो नेसनल्ससँग भ्यानकुभर ८ विकेटले पराजित भएको थियो। उक्त खेलमा सन्दीपले चार ओभर बलिङ गर्दा २९ रन दिएर एक विकेट लिएका थिए भने ब्याटिटङतर्फ ९ बलको सामना गर्दै १५ रन बनाएका थिए।

ग्लोबल टि–२० मा सन्दीपको खेलको चर्चा भइरहेको छ। पाँच खेलका चार इनिङ खेलेका सन्दीपले पाँच विकेट लिँदा ९० रन खर्चिएका छन् ।

यता नेपालका कप्तान रोहित पौडेलको टिम टोरोन्टो नेसनल्स भने पाँच अंकसहित तालिकाको तेस्रो स्थानमा छ। कप्तान पौडेल प्लेइङ ११ मा लगातार दुई खेलमा पर्न असफल भएका छन्। गएराति पौडेल सहभागी टिम टोरोन्टोलेसमेत मोन्ट्रियल टाइगर्ससँग अंक बाँडेको हो।

टस जितेर टोरोन्टोले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले दुई ओभरमा दुई विकेटको क्षतिमा २५ रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएको थियो। रोहितको टिमले सुरुका दुई खेल जित्दा त्यसपछि लगातार दुई खेल गुमाएको छ। पाँचौ खेलमा भने अंक बाँडेको हो।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : ४८ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको