अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिकबाट कमला ह्यारिस उम्मेदवार चयन « Khabarhub

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिकबाट कमला ह्यारिस उम्मेदवार चयन


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस आगामी राष्ट्रपति पदका लागि औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन भएकी छिन् ।

ह्यारिसले शुक्रबार दिउँसोसम्म २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

योसँगै उनले चार हजार डेमोक्रेटिक डेलिगेट्समध्ये उम्मेदवार बन्नका लागि आवश्यक मत कटाइसकेकी छन् । बिहीबारबाट सुरु भएको उम्मेदवार छनोटको मतदान सोमबार समाप्त हुनेछ ।

राष्ट्रपति उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । अब उनले नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन् ।

५९ वर्षीया ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्यान्डमा भएको थियो र पार्टीको लगभग २०० वर्षको इतिहासमा पश्चिमी राज्यबाट आउने उनी पहिलो डेमोक्रेटिक उम्मेदवार हुन्।

अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ ।

राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्दै कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट समर्थन पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : १७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम