किम जोङको समर्थन ट्रम्पलाई ! « Khabarhub

किम जोङको समर्थन ट्रम्पलाई !


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका कम्युनिष्ट तानाशाह किम जोङ उनले अमेरिकी राष्ट्रपतिमा आफ्ना पूर्व समकक्षी डोनाल्ड ट्रम्पलाई चाहेका दाबी गरिएको छ । प्योङयाङबाट भागेका एक उच्च अधिकारीले यस्तो दाबी गरेका बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारी रि इल क्यू हुन्‌, जो सन्‌ २०१६ पछि उत्तर कोरियाबाट भाग्ने सबैभन्दा उच्च ओहदाका हुन्‌ । उनी किम जोङ उनसँग कम्तिमा सातपटक एउटै मञ्‍चमा देखिएका थिए ।

दक्षिण कोरियातर्फ भाग्नुअघि उनी क्यूबामा उत्तर कोरियाका लागि काम गर्थे । उनका अनुसार झट्ट हेर्दा किम सामान्य व्यक्तिजस्ता देखिन्छन्‌, तर आफ्नो अस्तित्वका लागि जे सुकै पनि गर्न सक्छन्‌ ।

उत्तर कोरिया आणविक शक्ति र हतियारसम्पन्न मुलुक हो । शान्ति वार्ताका लागि भन्दै सन्‌ २०१९ मा ट्रम्प र किमले भेटघाट गरेका थिए । तर, सो वार्ता निस्कर्षमा नपुगी टुङ्गिएको थियो ।

सो वार्तापछि पनि उत्तर कोरियाको संस्थापनलाई ट्रम्प नै अमेरिकी राष्ट्रपति भए आणविक कार्यक्रमबारे अमेरिकासँग वार्ता गर्न सहज हुने लागिरहेको रि इल क्यूले बताएका हुन्‌ ।

डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँग भएको वार्ता र कूटनीतिक सम्बन्धलाई आफ्नो कार्यकालको महत्वपूर्व उपलब्धि भएको बताइसकेका छन्‌ ।

गत महिना आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले पनि आफूलाई किम जोङले पुनः अमेरिकी राष्ट्रपति कार्यालयमा देख्न चाहेको दाबी गरेका थिए । साथै, किम जोङले सम्झिरहेको आफूलाई लागेको उनले बताएका थिए ।

रि इल क्यूका अनुसार, उत्तर कोरिया ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहन्छ । तर, गत महिना उत्तर कोरियाले अमेरिकामा को राष्ट्रपति बन्छ भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने जनाएको थियो ।

उत्तर कोरियाले परमाणु हतियार चाहिँ कहिल्यै नष्ट नगर्ने रि इल बताउँछन्‌ । यसको साटो आफूमाथि लागेको प्रतिबन्ध हटाउनका लागि परमाणु कार्यक्रम रोक्न चाहिँ सहमत हुनसक्ने उनको दाबी छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ४३ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन