आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह « Khabarhub

आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि  संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको धारणा राखे ।

उनले राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको स्पष्ट पारे ।

नेपाली कांग्रेस  काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ३५ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा