इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा « Khabarhub

मध्यपूर्व तनाव

इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो ।

इरान, यमन र लेबनान लगायत छिमेकी मुलुक तथा त्यहाँ सक्रिय लडाकु समूहहरूसँग हाल इजरायलको तनाव थप बढेको छ ।

गाजापट्टीमा प्यालेस्टाइनी समूह हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसाथ गरेको आक्रमणको प्रभाव अरब मुलुकसम्म विस्तार भएपछि यतिखेर इजरायलको चौतर्फी मोर्चामा लड्नुपर्ने अवस्थामा पुगेको छ ।

स्थिति थप खराब बनेपछि अमेरिकी रक्षा विभाग पेन्टागनले इरान र उसका सहयोगीहरूको हमलाबाट इजरायललाई रक्षा गर्न मध्यपूर्वमा थप लडाकु जहाज र विमान तैनाथ गरिने जनाएको हो ।

इरानमा हमासका शीर्ष नेता इस्माइल हनिया र हिज्बुल्लाह कमााण्डर मारिएपछि सो क्षेत्रमा तनाव बढिरहेको छ । इरान र उसका प्रोक्सी समूहहरूले इजरायलमा मिसाइल हमला गर्नसक्ने जोखिम बढेसँगै अमेरिकाले मिसाइल प्रतिरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । इजरायलको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा द‍ृढ रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्‌ ।

इस्माइल हनियाको हत्यापश्चात्‌ इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले इजरायललाई सबक सिकाउने कसम खाएका छन्‌ । उनले इरानमा तीन दिने राष्ट्रिय शोक पनि घोषणा गरेका छन्‌ ।

बुधबार इरानमा इजरायली खुफिया आक्रमणमा परी हमास नेता हनिया मारिएका थिए । इरान र गाजामा रहेका उसका सहयोगीहरूले हनियाको हत्यामा इजरायल जिम्मेवार रहेको जनाएको छ । सो घटनाबारे इजरायल भने हालसम्म मौन छ ।

६२ वर्षीय इस्माइल हनिया हमासका लोकप्रिय शीर्ष नेता थिए । गाजामा युद्धविरामका लागि भइरहेको वार्तामा उनको महत्वपूर्ण भूमिका थियो ।

इजरायलले लेबनानमा हिज्बुल्लाहका सैन्य कमाण्डरलाई मारेको दाबी गरेको केही घण्टाभित्रै इरानको राजधानी तेहरानमा हनियाको हत्या भएको थियो ।

पेन्टागनले विज्ञप्ति जारी गर्दै इजरायलको सुरक्षाका लागि सैन्य तैनाथी बढाउने जनाएको हो । साथै, इजरायलका लागि सहयोग बढाउने र आक्रमण भइहाले जवाफी कारबाहीका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अप्रिलमा इरानले इजरायलमााथि ड्रोन हमला गरेपछि पनि अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी बढाएको थियो । इजरायल र उसका सहयोगीहरूले इरान तर्फबाट प्रहार गरिएका ३०० भन्दा बढी ड्रोन निष्क्रिय पारेको जनाएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १ : १४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी