इजरायलको ड्रोन हमलामा हमासका थप एक नेताको मृत्यु « Khabarhub

इजरायलको ड्रोन हमलामा हमासका थप एक नेताको मृत्यु


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले गरेको ड्रोन हमलामा गाजापट्टीस्थित हमासका थप एक नेतासहित पाँच जनाको ज्यान गएको छ ।

प्यालेस्टाइनको चिकित्सा विभागले वेस्ट बैंकको एक इलाकामा इजरायलले गरेको ड्रोन आक्रमणबाट ती मानिसहरूको ज्यान गएको जानकारी दिएको हो ।

इजरायली सेनाले सो ड्रोन हमलाको लक्ष्य तुलकरम शहर नजिक रहेको उग्रवादीहरूको एक अखडा रहेको जनाएको छ । सवारीसाधन चढेर इजरायलमाथि आक्रमण गर्न अघि बढिरहेका पाँच बन्दुकधारीहरूलाई निशाना बनाएको उसले दाबी गरेको छ ।

प्यालेस्टाइनी मिडियाहरूका अनुसार इजरायली हमलामा मारिएका हमास नेताको नाम हैथम बलिदी हो । उनी हमासका सैन्य शाखा इज्ज-ए-दीन अल-कस्साम ब्रिगेडका स्थानीय कमाण्डर थिए ।

पछिल्लो एक हप्तामा इजरायलले आफ्नो सूचीमा राखेका तीन ठूला ‘दुश्मन’हरूको हत्या गरिसकेको छ । गत बुधबार इरानको राजधानी तेहरानमा हमासका शीर्ष राजनीतिक नेता इस्माइल हनिया मारिएका थिए ।

लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामा गरिएको हमलामा हिज्बुल्लाहका शीर्ष कमाण्डर फौद शुक्र मारिएको इजरायली सेनाले जानकारी दिएको थियो ।

त्यसलगत्तै इजरायलले हमासका सैन्य प्रमुख मोहम्मद दिएफको मृत्यु पुष्टि गरेको थियो । १३ जुलाइमा खान यूनिसमा गरेको हमलामा दिएफको मृत्यु भएको जानकारी इजरायली सेनाले यसै साता सार्वजनिक गरेको हो ।

यो पनि-

इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ५५ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि