समाचार

थापाथलीमा भएको दुर्घटनामा एकजनाको मृत्यु

By खबरहब

August 03, 2024

काठमाडौं–  काठमाडौँ महानगरपालिका–११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् । 

ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए।